सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालाई ३ सय शैयामा स्तरोन्नती गरिने दावी

२०७६ पुष ६, ०७:२३ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक असपताललाई टिचिङ अस्पतालको रुपमा विकास गरिने दावी गरिएको छ। नाम मात्रै प्रादेशिक अस्पताल घोषण गरिएको सेतीलाई  टिचिङ अस्पतालका रुपमा विकास गरिने दावी गरिएको हो। 

आइतबार अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गर्दै सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त जोशीले अस्पतालकोे ‘ड्रिम प्रोजेक्ट’ को रुपमा सेती अस्पतालाई टिचिङ अस्पतालको रुपमा विकास गरिने बताए।  टिचिङ अस्पताल संञ्चालनको लागि पोखरा विश्वविद्यालयसंग समन्वय भईरहेको उनले बताए।

टिचिङ अस्पताल संञ्चालनको लागि अस्पतालमा तीन सय शौया संञ्चालन गर्नु पर्ने प्रवधान रहेको छ। अहिले सेती अस्पतालमा ५० शैया मात्रै संञ्चालनमा रहेको छ। 

अस्पताल व्यवस्थापन समितिले प्रदेश र संघीय सरकारले अस्पताललाई तीन सय शैयामा स्तरवृद्धि गरे आउँदो आर्थिक वर्षदेखि नै पाँच वटा विषय अध्यन गराउने गरि तयारी भईरहेको दावी गरेको छ। 

पत्रकार सम्मेलनमा अस्पतालमा भएका सुधारउन्मुख कार्यको समेत चर्चा गरिएको थियो। 

कमेन्ट लोड गर्नुस