बैतडीको जिल्ला अस्पतालमा चिकित्सक नुहँदा समस्या
बैतडी: नवौं तहका एकजना र आठौं तहका दुईजना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बैतडी अहिले करारका डाक्टरको भरमा सञ्चालन भईरहेको छ। जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग बिशेषज्ञ समेत रहेका डाक्टर जगदीशचन्द्र बिष्टको डडेल्धुरा अस्पतालमा समायोजन भएपछि जिल्ला अस्पताल करारका डाक्टरको भरमा सञ्चालनमा रहेको हो।
जिल्ला अस्पताल बैतडीमा दरबन्दीका चिकित्सक नहुँदा समस्या भएको छ। दरबन्दीका चिकित्सक नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएका जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर बसन्तराज जोशीले बताए।
करारका डाक्टरलाई आर्थिक अधिकार समेत नदिँदा समान्य आर्थिक गतिविधि सञ्चालन गर्न र कर्मचारीहरुलाई तलब खुवाउन समेत समस्या भएको डाक्टर जोशीले बताए। जिल्ला अस्पतालमा सञ्चालित जटीलतायुक्त प्रसुती सेवा पनि करारका डाक्टरकै भरमा सञ्चालनमा रहेको छ।
अप्रेशन गरेर बच्चा जन्माउने सुविधा भएपनि दरबन्दीका बिशेषज्ञ डाक्टर नहुँदा समस्या भएको छ। यस्तै जिल्ला अस्पतालमा ४ जना स्टाफ नर्सको दरबन्दी भएपनि सबै दरबन्दी रिक्त रहेका छन्।