सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी गर्नुस जाडो याममा छालाको हेरचाह

२०७६ पुष ९, १०:०६ खबर संवाददाता

जाडोयाममा हाम्रो शरीरमा कस्ता प्रकारका समस्या देखा पर्छन् ?
सुख्खापन
जाडोयाममा हावा चिसो, रुखो र हावाको सापेक्षिक आद्र्रता पनि घट्छ । जसले छालामा रहेको पानीको मात्रा सुक्न गई चिल्लो पदार्थ घट्न जान्छ त्यसकारण हात, खुट्टा, ओठ, अनुहार फुट्ने समस्या देखापर्छ। फुस्रो छाला बढी चिलाउँछ र यसमा एक्जिमको मात्रा बढी हुँदा एलर्जी हुने गर्छ।

चिलब्लियन्स
यस प्रकारको एलर्जी चिसो मौसममा बढी हुन्छ। यो प्रायः चिसोमा हिँड्ने, चिसोमा काम गर्ने व्यक्तिलाई हुन्छ। यो एलर्जीबाट बच्न चिसोबाट बच्नुपर्छ। चिसोबाट बच्नका लागि शरीरलाई तातो पारेर राखिरहनु पर्छ। सकेसम्म चिसोमा काम  कम गर्दा राम्रो हुन्छ। त्यस्तै छाला तथा चर्म रोग विशेषज्ञसँग परामर्श लिई औषधिको प्रयोग गर्न सकिन्छ।

घामबाट हुने एलर्जी
जाडोयाममा हामी सबैलाई घाम प्यारो हुन्छ। सिधै घाममा बस्दा हामीलाई घामको एलर्जी हुन्छ, त्यसबाट बच्न सनस्क्रिन क्रिम लगाएर घाममा जानुपर्छ। यस्ता क्रिमको प्रयोग गर्दा चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नुपर्छ।

सोरियासिस अर्थात् कत्ले रोग
यस प्रकारको रोग जाडो याममा बढी देखा पर्ने हुन्छ। घामको किरण जाडो याममा शरीरमा कम पर्दा कत्ला देखा परेको अनुमान गर्न सकिन्छ। यो रोगको उपचारका लागि चिकित्सकको सल्लाह लिनु पर्छ।

सिबोरिक डर्माटाइटिस
जाडो याममा चायाको रोगले पनि सताउँछ। चिसो भई हामी राम्रोसँग हाम्रो शरीरको हेरचाह गर्न सक्दैनौँ अनि यो रोग लाग्छ। यस रोगका लागि चिकित्सकको सल्लाह लिनुपर्छ। यो रोग सबैलाई एकै कारणले भएको हो भन्न सकिन्न।

लुतो  
चिसो मौसममा मानिस प्रायः ननुहाउने, मैलो कपडा लगाउने गर्छन् जसले गर्दा शरीरमा लुतो हुन्छ। लुतो कीटाणुबाट सर्छ 

छालालाई हेरचाह गर्न निम्न उपाय अपनाउन सकिन्छ :
–    छालालाई सुख्खा रहन नदिन मोस्चराइजिङ तथा लोसनको प्रयोग गर्ने ।  
–    साबुनको प्रयोग कम गर्ने । मोस्चराइजिङ साबुन तथा फेस वास प्रयोग गर्ने  ।
–    ओठ चिल्लो राख्न भ्यासलिन तथा लिप बाम प्रयोग गर्ने ।
–    घाममा जानुअगाडि सन ब्लक क्रिम तथा लोसनको प्रयोग गर्ने ।
–    बढी चिसो पानीमा काम नगर्ने ।
–    बढी तातो पानीले ननुहाउने ।
–    शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।
–    केही समस्या देखा परे छिट्टै छाला रोग विशेषज्ञसँग परार्मश लिई उपचार गर्ने ।

कमेन्ट लोड गर्नुस