डोटीमा निशुल्क बन्ध्याकरण शिविरबाट दुई सय सात जनाले लाभ लिए
डोटी: डोटीमा आयोजित निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरबाट दुई सय सात जनाले लाभ लिएका छन्। स्वास्थ्य कार्यालय डोटीको आयोजनामा जिल्लाका सबै स्थानीय तहमा शिवीर संचालन भएको थियो।
मंसीर २९ गतेबाट संचालन भएको शिविरमा १ सय ५८ जना महिलाले स्थायी बन्ध्याकरण (मिनिल्याप) गराएका छन् भने ४९ जनाले पुरुष स्थायी बन्याकरण ( भ्याक्सोटमी) गराएका छन्। त्यस्तै ७ जना महिलामा इम्प्लान्ट राखिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर सुर्य विष्टले बताए।
डोटीका विभिन्न ९ स्थानमा संचालन भएको शिविरमा पुरुषभन्दा महिलाको सहभागीता बढी रहेको उनले बताए। विभिन्न सांस्कृतीक कारण, डराउने तथा कमजोर र अप्ठ्यारो हुने सोचका कारण पुरुषको संख्या कम भएको सुपरभाइजर विष्टले बताए।