सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसोबाट यसरी जोगाउनुस् बालबालिकालाई

२०७६ पुष १७, १०:४४ खबर संवाददाता

चिसोको समयमा  बालकालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्। यो समयमा बालबालिकामा निमोनिया लगायका रोगहरु देखा पर्दछ। बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ।

कसरी जोगाउने?
– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाउनुपर्छ

–पर्याप्त मात्राको पोषणले बालबालिकाको रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ। बालबालिकालाई आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपर्छ।

–धुवाँधूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ।

–बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ।

–सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ।

–बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ।

निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ। आफूखुशी औषधी किनेर खानु हुँदैन। गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ।

कमेन्ट लोड गर्नुस