सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसारकै सबैभन्दा शक्तिबद्र्धक तरकारी

२०७६ पुष १९, १०:३५

बजारमा विभिन्न थरीका तरकारीहरु पाइन्छ । बजारमा पाइने सबै तरकारी बारे हामिलाई थाहा नहुन सक्छ। त्यस्तै एक स्वास्थ्यको लागी फाइदाजनक तरकारी छ जसबारे तपाइलाई थाहा नहुन सक्छ। झुसे करेला अर्थात चट्टेल नामको एक तरकारी जसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ। यो तरकारी करेला जस्तै हुन्छ।

यस तरकारीलाई सँसारकै शक्तिबद्र्धक तरकारी पनि भन्ने गरिन्छ। यो तरकारी करेला प्रजातिको हो। यो तरकारी तितो त हुदैन तर फाइदा भने धेरैछन्। धेरैजसो यो तरकारीलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । यसको सेबनले शरिरमा तागत आउदछ। भरपुर प्रोटिन र आइरन पाइने यस तरकारीमा क्यालोरी भने कम हुन्छ। यसले तौल घटाउन यो तरकारीले धेरै सहयोग गर्छ। 

तरकारीमा भएको फाइटोकेमिकल्सले रगत गर्न मद्दत गर्छ। यसको सेबनले ब्लड सुगर पनि कम हुन्छ । यसले  रुघा–खोकी ज्वरो बाट पनि बचाउछ। विभिन्न आँखाको रोग, हृदय रोग साथै क्यान्सर पनि रोकथाम गर्छ। यसको सेवनले आँखाको ज्योती बढ्ने हुन्छ। यसको सेबनले खाना सजिलै पच्छ।
 

कमेन्ट लोड गर्नुस