कपाल झरेर हैरान हुनुहुन्छ भने चुकन्दर खानुस
कमैलाई थाहा भएको लाभदायक तरकारी हो चुकन्दर। प्रशस्त पौष्टिक तत्वहरु पाइने चुकन्दर अर्थात बिटरुटको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ। हेर्दा पनि निकै लोभलाग्दो देखिने चुकन्दरको तरकारी निकै मिठो पनि हुन्छ। चुकन्दर सबै उमेरका मानिसका लागी उपयोगी छ।
भनिन्छ प्रचिन कालमा यो तरकारीको प्रयोग यौन समस्या समाधान गर्नको लागी पनि गरिन्थ्यो । प्राकृतिक भियाग्रासमेत भनिने यसले यौन क्षमता बढाउन सहयोग गर्छ। यसले शरीरमा अक्सिजन बढाउने भएकाले नै मस्तिष्क शक्ति नि राम्रो हुन्छ।
यसको सेबनले शरिरमा रगतको कमि हुदैन। यसबाट नाइट्रिक अक्साइड निस्कने हुनाले यसको सेबनले रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह पनि बढ्छ। चुकन्दरमा फलिक एसिड उच्च मात्रामा पाइने हुनाले गर्भवती र शिशुको लागि पनि फाइदाजनक छ।
टाउको दुखेमा पनि यसको रस मनतातो पारेर मालिस गरेका ठिक हुन्छ। यसको सेबनले मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ। कपाल झर्ने समस्या छ भने चुकन्दरको पात पिसेर बनाएको रस कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ।