सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठो सन्तान जस्तो बौद्धिक अरु हुँदैनन् !

२०७६ पुष २४, ०७:२७ खबर संवाददाता

जर्मनस्थित लिपजिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार, परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ।

अनुसन्धान प्रतिवेदन अनुसार, पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान पहिलोको तुलनामा कम बौद्धिक र फूर्तिलो हुन्छन्।

अर्थात् वैज्ञानिकहरुका अनुसार पहिलो भन्दा दोस्रो अलिक कमसल, दोस्रो भन्दा तेस्रो झन् कमसल, चौथौ अझै कमजोर हुने गर्छन्। तर सबैको हकमा भने यो कुरा लागु नहुने बैज्ञानिकहरुको निश्कर्ष छ।

अभिभावकहरुबाट पाउने गुण पछिल्ला सन्तानमा कम हुँदै जाने भएकाले पनि पछिका सन्तान हरेक दृष्टिले कमजोर हुने वैज्ञानिकहरुको दाबी छ। अनुसन्धानकर्ताहरुले सयौं बालबालिका माझ यो अध्ययन गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस