सुदूर नेपाललाई विश्वसँग जोड्दै

केरा खाँदा हुन्छ यस्तो फाइदा

२०७६ माघ २, ०८:५१ खबर संवाददाता

केराको बारेमा थाहा नभएको त कसलाई होला र? तर, यसले गर्ने फाइदाबारे चाहिँ खासै धेरैलाई थाहा नहोला। आर्युवेदमा त झन् केराका फाइदाबारे निकै धेरै उल्लेख गरिएको छ। यसबारे पनि धेरैलाई थाहा नहोला। 

केरा खासमा ऊर्जाका लागि सबैभन्दा राम्रो स्रोत हो। यसमा आइरन, पोटासियम, म्याग्नेसियम पूरै मात्रामा पाइन्छ। विहान केरा खाने हो भने दिउँसोसम्म भोक पनि लाग्दैन। केरा खाँदा दुब्ला पातला मानिसहरुलाई मोटाउन पनि सहयोग गर्छ। खाना खाएपछि दुई वटा केरा खाने हो भने अलिक मोटाउन चाहनेहरुलाई एक महिनामा नै असर देख्न सकिन्छ। केरा खाँदा हाम्रो शरीरको हड्डी पनि बलियो हुन्छ।

केरामा हेमोग्लोबिन बढाउने क्षमता पनि हुन्छ। जसमा रगतको कमी छ, उनीहरुले केरा खाँदा त अचम्मकै फाइदा देख्न सकिन्छ।
 

कमेन्ट लोड गर्नुस