शाकाहारी भोजन गर्नुको उत्तम १५ फाइदा
दैनिक जीवनमा भोजन अत्याश्यक छ। सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ। हरेक मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन्। भोजनका सवालमा मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी। समाजमा मांसाहारीको बढी भेटिन्छन् तर मांसाहारीभन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी पाइने उनीहरुलाई पत्तो हुँदैन। तुलानात्मक रुपमा मांसाहारी भन्दा शाकाहारी भोजन शरीरका लागी उपयोगी र स्वास्थ्यवर्दक हुन्छ।
शाकाहारी भोजनका फाइदा यस्ता छन् :–
१. मांसाहारी भन्दा शाकाहारी भोजन हलुका हुन्छ, जसलाई सहजै पचाउन सकिन्छ।
२. मांसाहारी भोजनभन्दा शाकाहारी भोजन सेवन गर्न कम ऊर्जा खपत हुन्छ।
३. शाकाहारी भोजनले शरीरमा स्फुर्ति पनि बढाउँछ।
४. शाकाहारी भोजन गर्ने मानिसमा मानसिक रोगको सम्भावना कम रहन्छ।
५. यस प्रकारको भोजनले मानव मष्तिकलाई ताजा र टाठो बनाउने गर्दछ।
६. शाकाहारी भोजनमा पनि मांसाहारी झैँ सबै पोषण पाउन सकिन्छ।
७. मांसाहारी भन्दा शाकाहारी भोजनले पाचन प्रर्णालीलाई नै बलियो बनाउने गर्दछ।
८. शाकाहारी भोजनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ।
९. यस प्रकारको भोजन गर्नेमा छिटो बिरामी हुने र गम्भीर रोग लाग्ने खतरा कम हुन्छ।
१०. मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजनमा विषाक्त पदार्थ कम हुन्छ।
११. शाकाहारी भोजनले शरीरमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ।
१२. रक्तचाप सन्तुलित राख्न शाकाहारी भोजन उत्तम हुन्छ।
१३. मांसाहारीको तुलनामा शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कम हुन्छ।
१४. शाकाहारी भोजनमा मुटुरोग, कोलेस्ट्रोल लगायतका रोग हुने सम्भावना न्यून हुन्छ।
१५. शाकाहारी भोजन गर्नेहरुमा हृदयघातको सम्भावना कम हुन्छ।