मणिपाल अस्पतालमा एक युवतीले जन्माइन चम्ल्याहा शिशु
पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन्। स्याङ्जाको पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन्। उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन्।
मणिपाल कलेजमा बिहीबार तीन छोरी र एक छोरा जन्माएकी उनको शल्यक्रियामा संलग्न डाक्टर डा. महेन्द्र पाण्डे बताए। उनले पहिलो बच्चा छोरी १ दशमलब ६ किलोग्राम तौलकी छोरी, दोस्रो १ दशमलव ३ किलो ग्रामको छोरा, तेस्रो छोरी १ दशमलव ३ किलो ग्राम र चौथो १ दशमलव ४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन्।
हाल ती सबै शिशुको अवस्था सामान्य छ। सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २ दशमलव ५ किलो हुनुपर्ने मानिन्छ। तर चार शिशुको कुल तौल ५ दशमलव ६ रहेको अस्पतालले जनाएको छ। मणिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे सहितको ४ जनाको टोलीले शल्यक्रिया गरेरका थिए। चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ।
ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ। यसअघि काठमाडौंको सिनामंगल अस्पतालमा पनि खगित्रा शाहीले एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्।