सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसो मौसममा खानै पर्ने यी ५ फलफूल, यस्ता छन् फाइदा

२०७६ माघ २, ०३:३३ खबर संवाददाता

फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ। अवश्य पनि चिसोकै कारण न्यूमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान सल्लाह दिइन्छ। तर फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहीं मुर्खता नै हुन्छ।

गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्यक छ। ‘फलफूल खाने मान्छेमा रोग प्रतिरोधात्मक शक्ति धेरै हुने भएकाले चिसो याममा धेरै फलफूल खान सल्लाह दिन्छु, ’ रुटगर्स विश्वविद्यालय, अमेरिकाका डां एमि होवल बताउँछन्। फलफूलमा भएका अनेक तत्वले मुटुरोग र क्यान्सरसँग पनि लड्ने गर्दछ। यसर्थ, यो जाडोमा पर्याप्त झोलकुरा सहित यी पाँच फलफूल खान नछुटाउनुस्।

स्याउ – हाम्रो खानाको मुख्य स्रोत एन्टीओक्सीडेन्ट हो। एउटा स्याउमा १५ सय मिनिग्राम भिटामीन सि प्राप्त हुन्छ। भिटामिनले भायरससँग लड्ने भएकाले चिसो मौसममा पर्याप्त स्याउ खानुहोस्। स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट बचाउँछ। यो स्याउको मौसम हो, स्याउ खानुहोस्, रुघाखोकीबाट बच्नुस्।

मेवा – मेवाले पनि प्रशस्त मात्रामा भिटामीन सि उपलब्ध गराउँछ। मेवाले सुन्निने रोगहरूमा पनि उत्तिकै लाभ मिल्छ। त्यसैले यो चिसोमा टन्न खानुहोस् मेवा।

अंगुर – अंगुरमा पनि पर्याप्त मात्रामा भिटामीन सि हुन्छ। अंगुरमा कोलस्ट्रोल ९चिल्लो० घटाउने अरू तत्वहरू पनि मिसिएको हुन्छ। रातो अंगुर क्यान्सरका विरुद्ध लड्ने महत्त्वपूर्ण स्रोत पनि हो।

केरा– केरा भिटामीन बिको महत्त्वपूर्ण स्रोत हो। केराले थकान, अवसाद, तनाव र अनिद्रा हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। केराले हाड बलियो बनाउँछ भने मुटु रोगबाट बचाउँदै उच्च रक्तचापबाट पनि जोगाउँछ। चिसोमा केरा खायो भने झनै चिसो हुन्छ भन्ठान्नुहुन्छ ? त्यो गलत हो। खानुस् केरा, बच्नुस सर्दीबाट।

सखरखण्ड – सखरखण्ड भिटामीन एको महत्त्वपूर्ण स्रोत हो। यसमा भिटामीन इ पनि रहेको पाइन्छ। यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँ छ। आलुको भिटामीन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ। त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाऔं र सर्दीबाट बचौं। 
 

कमेन्ट लोड गर्नुस