एकै पटक चार शिशु जन्मिए
पोखराको मणिपाल हस्पिटलमा एक महिलाले एक पटक चार सन्तान जन्माएकी छिन्। स्याङ्जा पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनिता प्रधानले तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन्।
अस्पतालका अनुसार प्रधानले जन्माएका सबै शिशु स्वस्थ छन्। पहिलो शिशु छोरीको तौल एक किलो पाँच सय ग्राम, दोस्रो शिशु छोरा एक किलो तीन सय ग्राम, तेस्रो छोरी एक किलो तीन सय ग्राम र चौथो छोरी एक किलो चार सय ग्राम रहेको अस्पतालले जनाएको छ।
शल्यक्रियामार्फत सुत्केरी गराइए पनि आमा र सबै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्रधानको यो दोस्रो गर्भ हो।
मणिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डेसहितको ४ जनाको टोलीले शल्यक्रिया गरेरका थिए। चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ। ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।