बेफाइदा पनि छन् बेसारका, थाहा पाइराख्नुहोस्
के तपाईले कहिल्यै सोच्नुभएको छ खानामा रंग र स्वाद दिने बेसार स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ ? हजुर, बेसारले तपाईंका हरेक समस्याको समाधान गर्दछ भन्ने छैन, यसलाई प्रयोग गर्ने तरिका नजान्दा हामीलाई कतिपय हानिकारक असर पनि र्पुयाइरहेको हुनसक्छ।
–धेरै बेसारको प्रयोग गर्दा पेटमा समस्या हुनसक्छ। यसले झाडापखाला, वायु बढाउने र कब्जियतको समस्या हुन सक्छ।
– मधुमेहका बिरामीलाई बेसारको सेवन फाइदाजनक हुन्छ तर यसको धेरै प्रयोग गर्दा रगतमा चिनीको मात्रा घट्छ।
– यदि सुरुदेखि नै एनिमियाको समस्याबाट पीडित हुनुहुन्छ भने बेसारको प्रयोगबाट टाढै रहनु बेस हुन्छ।
– बेसारको अत्यधिक प्रयोगबाट मृगौलामा पत्थरीको समस्या पनि आउन सक्छ। यसको साथै पित्ताशयको पत्थरीको पनि समस्या बढ्छ। यसर्थ, पत्थरीबाट बच्नको लागि बेसारको सेवन घटाउनुपर्छ।
– पहेंलो वस्तुहरुबाट एलर्जी हुने मानिसले बेसार खानु हुँदैन। यसको कारणले कयौं मानिसहरुलाई पेटको रोगले सताउने गर्दछ । यसले छालासम्बन्धी समस्याहरु पनि बढ्न सक्छ।