सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा पनि भेटियो प्राणघातक कोरोना भाइरस

२०७६ माघ ३, ०६:५४ खबर संवाददाता

सन् २००३ मा चीनलगायत ३० देशमा महामारीको रुप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा मानिसमै देखिएको छ। यससम्बन्धी सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन) ले सात वर्ष लगाएर गरेको अध्ययन रिपोर्ट सरकारी अधिकारी र अन्तराष्ट्रिय संघसंस्थाको उपस्थितिमा बिहीबार सार्वजनिक गरिएको छ।

अनुसन्धानकर्ताले जटिल प्रकारको निमोनिया फैलाउने कोरोना भाइरस मानिस, चमेरो, हाँस र मुसामा देखिएको बताएका छन्। सरुवारोग अस्पताल टेकुका विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताए। सार्स र मर्स श्वासप्रश्वाससम्बन्धी रोग हुन्। सार्स जनावरबाट मानिसमा सर्छ।

तर, नेपालमा देखिएको कोरोना भाइरस सार्स र मर्स नै गराउने हो रहोइन भन्नेबारे थप अध्ययन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस