सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो आनीबानी, जसले लामो आयुको संकेत गर्छ

२०७६ माघ ३, ०४:१० खबर संवाददाता

तपाईंको आनीबानी, स्वभाव, चिन्तन आदिले शारीरिक अवस्थामा पनि प्रभाव पार्छ। मानौं तपाईं आफुलाई सधै जवान सोच्नुहुन्छ, उर्जावान् सोच्नुहुन्छ, फुर्तिलो ढंगले काम गर्नुहुन्छ भने तपाईंमा युवापन देखिन्छ। तपाईं वास्तवमै जवान देखिनुहुन्छ। तर, तपाईं आफुलाई कमजोर महसुष गर्नुहुन्छ, रोगी अनुभव गर्नुहुन्छ भने त्यसको खराब असर तपाईंको शरीरमा झल्कन्छ। यसर्थ हाम्रा आनीबानी, प्रवृत्ति, सोंच–चिन्तनले हाम्रो शारीरिक अवस्था देखाउने गर्छ। हाम्रा यस्ता प्रवृत्ति एवं स्वभाव हुन्छन्, जसले आयुको पनि संकेत गर्छ।

आफु स्वंमलाई जवान महसुष गर्नु

कतिले आफुलाई बुढो वा अशक्त ठान्दैनन्। आफ्नो वास्तविक उमेरभन्दा जवान भएको महसुष गर्छन्। यस किसिमको मानसिकताले स्वास्थ्यमा राम्रो काम गर्छ। नयाँ चुनौती सामना गर्ने शक्ति पनि प्रदान गर्छ। आफ्नो तनावको स्तर कम गर्छ र रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।

धेरै साथीभाई बनाउने

कतिको स्वभाव हुन्छ, धेरै भन्दा धेरै साथीसँग घुलमिल हुने। यस किसिमको सामाजिक व्यवहारले पनि मान्छेको आयु बढाउन सहयोग गर्छ। समाजमा मिलेर बस्ने, सबैसँग घुलमिल हुनेहरु सधै स्वास्थ्य र उर्जावान् देखिन्छन्। उनीहरुको आयु लामो हुन्छ।

जिन्दगीको आनन्द लिने

सधै रमाउने, खुसी हुने प्रवृत्तिका व्यक्तिहरु पनि दीर्घ्जिवी हुन्छन्। उनीहरुको मनमा गुनासो हुँदैन। सानोतिनो खुसीलाई पनि सेलिव्रेट गरिहाल्छन्। उनीहरुको आयु बढी हुन्छ।

पैदल हिँड्ने

पैदल हिँड्न रुचाउनेहरु सधै स्वास्थ्य र जवान हुन्छन्। उनीहरुको शरीरको अंगप्रत्यांग चलायमान हुने भएकाले रक्तसंचार राम्ररी सुचारु हुन्छ। शारिरिक सक्रियताले गर्दा उनीहरुलाई दीर्घरोग लाग्दैन। अन्य रोगको संक्रमण पनि हुँदैन।

घरमा काम गरिरहने

घरमा सानोतिनो भएपनि काम गरिरहने स्वभाव भएका मानिसहरु रोगी हुँदैनन् । जस्तो, घर सफा गर्ने, लुगा धुने, खाना पकाउने, ओछ्यान मिलाउने जस्ता क्रियाले शरीरलाई तन्दुरुस्त राख्छ। यस्ता प्रवृत्ति भएका मानिसहरुको आयु लामो हुन्छ।

समयसँगै आफुलाई अपडेट गर्ने

बद्लिदो समयलाई आत्मसात गर्ने, समयसँगै आफुलाई अपडेट गर्ने जस्ता प्रवृत्तिले पनि मान्छेलाई बुढो हुन दिदैन। नयाँ फेसन, नयाँ प्रविधिसँगै उनीहरु एकाकार हुँदै अघि बढ्न रुचाउँछन्।

थोरै खाना खाने

खाना खाने बानीले पनि तपाईको आयु निर्धारण गर्छ। थोरै खाना खाने स्वभाव भएकाहरु लामो आयु बाँच्छन्। यसले उनीहरुको शरीरमा बिकारयुक्त पदार्थ जम्मा हुन पाउँदैन, पाचन यन्त्र पनि तन्दुरुस्त रहन्छ। परिणामतः शरीर स्वास्थ्य र छरितो हुन्छ।
 

कमेन्ट लोड गर्नुस