सुदूर नेपाललाई विश्वसँग जोड्दै

कसरी जम्मा हुन्छ फोक्सोमा बोसो ?

२०७६ माघ ४, १०:५३

फोक्सो शरीरको महत्वपूर्ण र संवेदनशील अङ्ग मध्य एक हो। शरीरमा श्वास–प्रश्वास गर्न फोक्सोले निकै ठुलो भूमिका खेल्छ। प्रायः मानिसहरुमा आजकल फोक्सो सम्बन्धी धेरै किसिमको रोगहरु फैलिएको छ। पृथ्वीको वातावरण दिनप्रति दिन निकै प्रदुषित हुदै गएको कारण पनि मानिसलाई असर परेको छ।

श्वास–प्रश्वासको क्रममा धेरै किसिमका प्रदूषित तत्व मानिसको शरीरमा प्रवेश गर्नेगर्छ। मानिस आफै पनि धुम्रपान सेवन गरेर आफ्नो फोक्सोलाई क्षति पुर्याउने गर्छन्। यस कारण पनि फोक्सोमा विभिन्न प्रकारको समस्याहरु उत्पन्न हुनेगर्छ।

नयाँ अनुसन्धानले फोक्सोको वायुमार्गको पर्खालमा बोसो जम्मा हुने पत्ता लगाएको छ। विशेषगरी बोसो धेरै तौल भएको मानिसहरुको शरीरमा देखा पर्छ । बोसो जम्मा भएको कारण दमको जोखिम बढ्ने पुष्टि भएको छ।

धेरै तौल भएको मानिसहरुलाई श्वास–प्रश्वासको क्रममा फोक्सोमा निकै दबाब हुनेगर्छ। यस कारण मानिसलाई छाती पोलेको महसुस हुन्छ।

बोसो जम्मा हुँदा यसले दम निम्त्याउँछ। दमलाई न्यूनीकरण गर्न मानिसले खाने कुरा, धुम्रपान र तौल सुन्तुलन राख्न निकै आवश्यक देखिन्छ। श्वास–प्रश्वास सजिलो बनाउन नियमित कसरत, तौलमा कमी, स्वच्छ र सन्तुलीत भोजन सेवन गर्दा फोक्सोको वायुमार्गको पर्खालमा बोसो जम्मा नहुने अनुसन्धान कर्ताहरुले जनाएको छ। 

कमेन्ट लोड गर्नुस