सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिशु तथा सुत्केरीलाई मालिस गर्दा हुन्छ यस्तो फाइदा

२०७६ माघ ५, ०१:२७ खबर संवाददाता

हामीकहाँ शिशु एवं सुत्केरीलाई तोरीको तेलमा लसुन र मेथी फुराएर मालिस गराउने गरिन्छ। मालिस हाम्रो परम्परागत विधी हो। यद्यपि आधुनिक विज्ञानले पनि यसलाई आत्मसात गरेको छ। मालिसले मांशपेसी एवं हड्डी बलियो बनाउने र रक्त प्रवाहमा सघाउ र्पुयाउँछ। त्यसो त अहिले सामान्य मानिसहरु पनि मालिस गराउने गर्छन्।

शहरी क्षत्रेमा स्पा सेन्टरले यस्तो सेवा दिइरहेको छ। यद्यपी मालिस गराउन स्पा नै धाउनुपर्छ भन्ने छैन। यो घरमा सामान्य रुपमा गर्न र गराउन सकिन्छ। मालिसका लागि खास ज्ञान पनि चाहिँदैन। सामान्यतः हातमा तेल लगाएर शरीरमा विस्तारै स्पर्श गर्ने र हल्कासँग मिच्ने हो। यसो गर्दा शरीरको मांशपेसी तन्दुरुस्त हुन्छ। रक्तप्रवाह राम्ररी हुन पाउँछ।

सुत्केरी अवस्थामै किन?

बच्चा जन्माएपछि आमाहरुले दैनिक एक वा दुईपटक मसाज गराउने गर्छन्। डेलिभरीपछि धेरैजसो महिलाहरुको वजन बढ्न थाल्छ र अंगहरुमा स्फुर्ति हराउँछ। पहिलेका मानिसहरुको मान्यता थियो कि मालिसले महिलाहरुको शरीर सुगठित बनाउँछ र पुन पहिलेकै आकारमा आउँछ। अहिलेको वैज्ञानिक चिकित्सा पद्दतिले पनि मालिसका कैयन फाइदाहरु देखाएको छ। त्यसैले महिलाहरु गर्भवती भएपछि मालिस गराउनु अनिवार्य छ।

मलिसका फाइदाहरु :-

– मालिसले मांसपेशीहरुमा रगत तथा अक्सिजनको सर्कुलेसन बढाउँछ। त्यसैले किड्नीले राम्रोसँग काम गर्छ र शरीरबाट सबै हानीकारक विषाक्त पदार्थहरु बाहिर निस्किन्छन्।

– मालिसबाट शरीरले चाँडै नै अक्सिटोसिन रिलिज गर्छ जसको कारणले आमाको शरीरमा दूध राम्ररी बन्छ। स्तनको मालिस हल्का हातले गर्नुपर्छ र अत्यधिक सावधानी अपनाउनुपर्छ किनकी कडा हातले मालिस गर्दा नोक्सानी पनि पुग्न सक्छ।

– मालिसबाट त्वचामा कसिलोपन आउन थाल्छ र शरीर पहिलेजस्तै टाइट र सेक्सी देखिन्छ।

– यदि अपरेसनबाट डेलिभरी भएको हो भने तुरुन्तै मालिस गर्न थाल्नु हुँदेन, किनकी अपरेसनको टाँका टुट्न सक्छ। त्यसैले यस्तो केसमा टाँको घाउ पुरिएपछि मात्रै मालिस सुरु गर्नुपर्छ र टाँका लागेको ठाउँमा हलुका हातले मालिस गर्नुपर्छ।

– मिठो सुवास आउने तेलले मालिस गर्दा शरीर र म दुवैलाई शान्ति प्राप्त हुन्छ।

– डेलिभरीपछि अक्सर महिलाहरुको मांसपेशीहरु कमजोर हुन्छन्। मालिसले यी कमजोर मांसपेशीहरुलाई शक्ति प्राप्त हुन्छ र स्वास्थ्य चाँडै नै सामान्य हुन्छ।

– डेलिभरीपछि शरीरुका केही भागमा दुखाई भइरहन्छ। मालिसबाट यसमा आराम मिल्छ।
 

कमेन्ट लोड गर्नुस