सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको पहलमानपुरमा आँखा शिविर सम्पन्न, ३ सय बढीले लिए लाभ

२०७६ माघ ५, ०५:२७ खबर संवाददाता

कैलाली: कैलालीको पहलमानपुरमा आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविरबाट ३ सय ५ जनाले लाभ लिएका छन। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालकोे आयोजना तथा ड्याक फाउन्डेशनको सहयोगमा संचालित आँखा शिविरमा ३ सय ५ जनाको आँखा परिक्षण र २ सय २१ जनाको निःशुल्क उपचार गरिएको छ। 

साथै शिविरमा ८४ जना मोतिविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण गर्न गेटा आँखा अस्पताल पठाई शल्यक्रिया समेत सुरु भएको गेटा आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले बताए।  शिविरमा ११ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेको उनले बताए। 

गेटा आँखा अस्पतालले प्रत्येक वर्ष प्रदेशका ९ वटै जिल्लामा गरी ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै आइरहेको वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले बताए। 

कमेन्ट लोड गर्नुस