सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी औषधि सेवन गर्नेहरुले रक्सी नपिउनुहोस्

२०७६ माघ ५, १०:५० खबर संवाददाता

निम्न औषधिहरुसँगै रक्सी सेवन भुलेर पनि गर्नु हुदैनः

१. एन्टीवायोटिकः आँउ र झाडापखालामा प्रयोग गरिने मेट्रोनिडाजोल (Metronidazole) संग रक्सी सेवन गर्नु हुदैन। यदि सेवन गरेमा वाकवाकी हुने, बान्ता हुने, टाउको दुख्ने,अनुहार रातो हुने, पसिना आउने लगायतका सहनै नसकिने लक्षणहरु देखा पर्न सक्छ । क्षयरोग विरुद्दको औषधि (Rifampicin, isoniazid), मलेरिया विरुद्दको औषधिसँग  पनि रक्सी सेवन गर्नुहुँदैन।

२. रगत जम्न नदिने औषधिः वार्फेरिन (warfarin) संग पनि रक्सी सेवन गर्न हुँदैन । साथै एस्पिरिन (Aspirin) सेवन गरिरहेको बिरामीले पनि रक्सी पिउनु हुँदैन। यदि यी औषधिहरुसंगै रक्सी सेवन गरेमा भित्री अंगहरुमा रक्तस्राव हुन सक्छ जसले भयानक दुर्घटना निम्त्याउन सक्छ।

३. मुटु र उच्च रक्तचापको औषधिः मुटुका विरामी तथा उच्च रक्तचाप भएका विरामीहरुले रक्सी सेवन गर्नु आफै नै स्वास्थ्यको लागि हानिकारक हो। विरामीहरु जसले यी  रोगका निम्ती Nitroglycerine, Hydralazine, Propanolol जस्ता औषधि सेवन गरिरहेका छन् उनीहरुले रक्सी सेवन गर्नु ठूलो गल्ती हुन् जान्छ । यसले रिंगटा लाग्ने, वेहोस  हुने र ति औषधिहरुको प्रभाव घटाईदिने खालको समस्या निम्त्याउन सक्छन।

४. मधुमेहको औषधिः मधुमेयको विरामीहरुले पनि रक्सी सेवन गर्नु हानिकारक हुन्छ। त्यदिगतबmष्मभ लगायतका अन्य सुगर कम गर्ने औषधि सेवन गर्दा रक्सी पिउनाले वाकवाकी लाग्ने, वान्ता हुने र रगतमा सुगरको  मात्रा एक्कासी बढाउने गर्न सक्छ।

५. दुखाइ कम गर्ने औषधि:  यदी कसैले दुखाइ कम गर्ने औषधिहरु जस्तै Opiates सेवन गरिरहेका छन् भने त्यस्तो स्थितिमा रक्सी सेवन गर्नाले यी दुईको प्रभावले निन्द्रा लगाउने  र शरीरमा औषधिको मात्रा बढाउने गर्छ। साथै, सिटामोल (Acetaminophen) सेवन गरिरहेको समयमा पनि भने रक्सी सेवन गर्दा कलेजोको समस्या निम्त्याउन सक्छ।

६. मानसिक रोगका औषधि: उदासिनता र मानसिक चिन्तामा प्रयोग गरिने Anti-depressants र Anti-anxiety औषधिहरु प्रयोग गर्ने बिरामीले पनि रक्सी सेवन गर्नु हुदैन। साथै Benzodiazepine समुहका औषधिहरु  जस्तै Diazepam, Lorazepam आदि प्रयोग गर्ने विरामीले रक्सी सेवन गरेमा स्वासप्रस्वास र दिमागमा असर गर्न सक्छ।

७.छारे रोगका औषधिः छारे रोगको उपचारको निम्ति प्रयोग हुने औषधि जस्तै Phenytoin सेवन गर्दा रक्सी पिउनु हुदैन। यसले औषधिको नकारात्मक प्रभाव बढाईदिन्छ।

८. ग्यास्ट्राइटिस र अल्सर: यी रोग भएका विरामीहरुले रक्सी सेवन गर्नु आफैमा हानिकारक हुन्छ। त्यसैले यसको औषधि खाइरहेका विरामीहरुले रक्सी सेवन गर्नु हुदैन। 

 

 

कमेन्ट लोड गर्नुस