सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुन उमेरकाले कति घण्टा सुत्नु राम्रो, जान्नुहोस्

२०७६ माघ ९, ०६:१७

तपाई कति घण्टा सुत्ने गर्नुहुन्छ। कोही मानिसहरु कामको व्यस्तताले कम सुत्ने गर्छन्। तर कम सुत्नु पनि स्वास्थ्यको लागी हानिकारक हुन्छ। पर्याप्त नसुतेमा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू देखा पर्ने गर्छन्। 

अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको एक अनुसन्धानमा उमेर अनुसार आफ्नो निद्रा पुरा गर्नुपर्ने बताएको छ। अनुसन्धान अनुसार प्रयाप्त सुत्ने गरेमा धेरै रोगबाट बच्न सकिन्छ। ३ महिनासम्मका बच्चा १४ देखि १७ घन्टा सुत्नुपर्छ। त्यस्तै४ देखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्छ।

१ देखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्छ। ३ देखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ। ६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्नुपर्छ। १४ देखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ ।१८ देखि ६४ वर्षको मानिसले नौ घन्टा सुत्नुपर्छ।

 

कमेन्ट लोड गर्नुस