कोरोना अपडेटः अरु तीन नेपालीलाई पनि संक्रमणको आशंका
नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भईसकेको छ। यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ। तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ। उनीहरुबारे केही जानकारी खुलाइएको छैन।
एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ। यसरी संक्रमणको आशंका लागेका व्यक्तिलाई विमानस्थलबाट सोझै अस्पतालमा ल्याउन र उपचारका लागि छुट्टै ३ जना विशेषज्ञ डाक्टरको टोली खटिएको छ।
कोरोना भाइरसको आशंका गरिएका विरामीलाई अस्पतालमा छुट्टै कक्षमा राखेर उपचार थालिएको टेकु अस्पतालले जनाएको छ।