बिहानै उठेर नुनपानी पिउनुहोस्, यस्ता छन् फाइदा
शरिरलाई सधै स्वस्थ राख्न पानी पिउनु निकै आवश्यक छ। पानी बिना शाम्रो शरिर स्वस्थ रहन सक्दैन। हरेक रोगको उपचार नै पानी नै हो। शरिरमा पानीको मात्रा कम भएमा पनि बिभिन्न रोगहरु लाग्ने गर्छन्। त्यसैले बिभिन्न रोगहरुबाट बच्न पानी पिउनै पर्छ। धेरैले हरेक बिहान पानी पिउने गर्छन्। हरेक बिहान स्वस्थ पानी पिउने गरेमा बिभिन्न रोग लाग्नबाट बच्न सकिन्छ। हामिले हरेक बिहान कालो नुन अथवा ढिके नुनलाई पानीमा घोलेर पिउनु राम्रो हुन्छ।
यसरी बिहान पिउनाले ब्लड सुगर, मोटोपन र ब्लड प्रेसरजस्ता रोग लाग्नबाट बचिन्छ। हाम्रो भान्सामा पाइने धुलो नुन एक गिलास पानीमा मिसाएर पिउँदा छालाका समस्याबाट मुक्ति पाइन्छ। हरेक बिहान नुनपानीको सेबन गर्ने गरेमा डण्डीफोर, दाद जस्ता छालाका समस्या आउँदैन। त्यस्तै नुनपानीको सेबनले निन्द्रा नलाग्ने समस्यामा पनि छुटकारा पाइन्छ। यसको सेबनले मस्त निद्रा लाग्छ। नुनपानीको सेबनले हड्डी बलियो बनाउँछ। नुनपानीमा पाइने तत्वहरुले क्याल्सियमको कमी हुन दिँदैन।
मोटोपनको समस्या छ भने पनि नुनपानी सेबन गर्नु राम्रो हुन्छ। नुनपानीले पेटभित्र प्राकृतिक लवण, हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पचाउने इन्जायमलाई उत्तेजित गराउन सहयोग गर्दछ। जसले पाचन प्रणाली राम्रो बनाउँछ।