धनगढीमा निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान जारी
धनगढी: धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान जारी राखेको छ। हरेक शनिबार गर्ने अभियान अन्र्तगत माग १८ गते शनिबार पनि धनगढी उपमहानगरपालिका–५ तारानगरमा निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान गरेको हो।
पछिल्लो समय ग्रामिण क्षेत्रमा भन्दा बढी सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएकाले अभियानलाई निरन्तर दिएको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिनबहादुर धामिले बताए। मधुमेह अर्थात डाइबेटिसलाई सामान्य भाषामा चिनिको रोग भन्ने गरिन्छ। रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो। प्याक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन्छ।
इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुने गरेको पाईएको छ। सहरभन्दा टाढापछी परेका समुदायप्रति आफुहरुको पनि उत्तरदायित्व उत्तिकै रहेकोले निःशुल्क मधुमेह जाँच शिविरको आयोजना गरिएको अध्यक्ष धामिले बताए। मधुमेह जाँच गरिएको शिविरमा महिला पुरुष गरी जम्मा एक सय १५ जनाको रगत जाँच गरीएको हो।
रगतजाँच गरेका मध्य १५ जनालाई मधुमेह(सुगरको) लक्षण देखा परेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक निर्देशक महेन्द्र साउंदले बताए।