सुदूर नेपाललाई विश्वसँग जोड्दै

हप्तामा एकदिन दौडिए पनि आयु बढ्छ!

२०७६ माघ १९, ०६:२० खबर संवाददाता

जतिसुकै समयका लागि भएपनि दौडने गर्नाले मानिसमा प्रारम्भिक मृत्युको जोखिम कम गराउने हालैको नयाँ अनुसन्धानले देखाएको छ। यसमा समय जति भएपनि र जति छिटो वा ढिलो दौडिएपनि स्वास्थ्यका लागि अत्यन्तै लाभकारी रहेको अध्ययनमा पत्ता लागेको हो। यसअघि विश्व स्वास्थ्य संगठनले पनि प्रत्येक वर्ष ३२ लाख मानिसहरुको पर्याप्त शारीरिक सक्रियताको कमीकै कारण मृत्यु हुने गरेको खुलासा गरेको थियो।

यस्तोमा अनुसन्धानकर्ताहरुले यो नयाँ खोजले पहिलेका दाबीहरु स्पष्ट पारिदिएको बताएका हुन्। तर कतिपय अध्ययनमा चाहिँ धेरै दौडिनुले धेरै फाइदा गराउने र थोरै दौडनाले स्वास्थ्यलाई कम लाभ गराउने भनेका थिए जुन चाहिँ गलत भएको बताइएको छ। हुन्। अध्ययनकर्ताहरुले भनेका छन, “जति समयका लागि जुनसुकै गतिमा हप्तामा केबल एक दिन दौडियो भनेपनि नदौडिनेको तुलनामा धेरै लाभकारी हुन्छ। जसको अर्थ धेरै दौडनाले मात्र धेरै फाइदा हुन्छ भन्ने छैन। ”

‘ब्रिटिश जर्नल अफ स्पोर्टस मेडिसिन’ मा प्रकाशित उक्त अनुसन्धानले यसअघिका १४ वटा अध्ययनमाथि केन्द्रित रहेर काम गरेको थियो जुन ६ समुहका सहभागीमा आधारित थिए भने तीन लाख तीस हजार मानिसमा ५ देखि ३५ वर्षसम्म लगातार अनुसन्धान गरिएको थियो। यसमा दौडिने र नदौडिने दुई समुहबीच तुलना गरिएको हो जसका लागि महिनामा एकपटक दौडिनेलाई पनि ‘दौडिएकै’ सूचीमा राखिएको थियो। अध्ययनकै क्रममा २५ हजार बढी सहभागीको मृत्यु पनि भएको जनाइएको छ।

यस्तोमा अनुसन्धान टोलीले पाँच समुहका सहभागीको नतिजा मिलाएर तिनलाई तुलना गरि मृत्युको जोखिमको हिसाब लगाएका हुन्। जसपछि महिनामा कम्तीमापनि एक दिन दौडिने व्यक्तिमा नदौडिनेको तुलनामा प्रारम्भिक मृत्युको जोखिम २७ प्रतिशत कम रहेको पाइएको हो। त्यस्तै दौडिनेहरुमा मुटु सम्बन्धी समस्याको खतरा ३० प्रतिशत र क्यान्सरको जोखिम पनि २३ प्रतिशत कम हुने पनि पत्ता लागेको छ। 

यसरी हप्तामा एक दिन दौडिने वा ५० मिनेट भन्दा थोरै दोडिने अनि अत्यन्तै कम गतिमा दौडिनेमा पनि उल्लेखनीय बदलाव देखा परेको हो। यसबारेमा अष्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटीका अनुसन्धानकर्ता जेल्जको पेडिस्क भन्छन, “जस्तोसुकै दौडाइ पनि शरीरका लागि वास्तवमै राम्रो हुन्छ। त्यसैले हप्तामा एकदिन भएपनि दौडिने गर्नुपर्छ र त्यो भन्दा धेरै दौडिनेहरुले पनि आफ्नो बानी जारी राखेमा कुनै हानि पुग्नेछैन।” यसरी यो नतिजाको विश्लेषण गर्ने क्रममा व्यक्तिको लिङ्ग, जीवनशैली, स्वास्थ्य अवस्था, उमेरदेखि तौलसम्मलाई ध्यानमा राखिएको थियो।  
 

कमेन्ट लोड गर्नुस