के हो फेस रोलर? यस्ता छन् फेस रोलर प्रयोग गर्नुका फाइदा
फेस रोलर एउटा त्यस्तो ब्यूटी टूल हो, जसले तपाईंको छालालाई जवान बनाउनुका साथै अनुहारको निखारतालाई अझ बढाउँछ। फेस रोलरको प्रयोग विभिन्न प्रकारका छालासंग सम्बन्धित समस्याहरुलाई हटाउनका लागि पनि गर्न थालिएको छ। यसलाई अनुहार, गर्दन तथा टाउकोमा मसाज गर्नका लागि उपयोग गरिन्छ।
वास्तवमा रोलरको सहयोगले छालामा रगतको प्रवाह अझ उत्कृष्ट तरिकाले हुने बताइन्छ। उत्कृष्ट रक्त सञ्चारलका कारण अनुहारमा आउने डण्डिफोर तथा दानाजस्ता समस्याहरु पनि कम हुन सक्छन्।
यसबाहेक फेस रोलरको प्रयोगले तपाईंले आफ्नै अनुहारमा तागजी समेत महसुस गर्न सक्नु हुनेछ। त्यहीं नियमित फेस मसाज गर्नाले अनुहारमा भएका दागहरु समेत हराएर जान्छन् र उमेरको प्रभाव देखाउने चाउरीपना समेत बिस्तारकै कम हुन थाल्छ। आज हामी तपाईंहरुलाई फेस रोलरको प्रयोगका बारेमा जानकारी दिँदैछौं।
अनुहारमा फेस रोलर प्रयोग गर्नुको फाइदा:-
फेस रोलरले तपाईंले आफ्नो अनुहारमा मसाज गर्नु भयो भने छालासंग सम्बन्धि विभिन्न लाभहरु पाउने सक्नु हुनेछ। यसको प्रयोगले तनावलाई कम गर्न सकिन्छ र यसले अनुहार मालिस गरेपछि तपाईंले निकै आराम भएको अनुभव गर्नु हुनेछ।
अन्य केही लाभहरु यसप्रकार छन् :-
-अनुहारमा रक्त परिसंचरणमा सुधार ल्याउँछ। फेस रोलरको उपयोग गर्नाले अनुहारमा रगतको प्रवाह उत्तेजित हुन्छ, जसले तपाईंको छाला चम्किलो बन्न सक्छ।
-रोलिङले अनुहारको पफनेसलाई कम गराउन सक्छ।
-यसले अनुहारको मालिश गर्नाले तपाईंको मूड अझ राम्रो बन्ने छ।
-यदि तपाईंले आफ्नो रोलरलाई फ्रिजमा स्टोर गरेर राख्नु हुन्छ र त्यसपछि फेस मसाज गर्नु हुन्छ भने त्यसले तपाईंको छालामा अझ बढि आराम र्पुयाउने छ। तपाईंको छालालाई यसले डी–पफ गर्न सक्छ र छिद्रहरुलाई कस्न सक्छ।
-रोलरहरुलाई खासगरी एउटा तेल अथवा मोइश्चराइजरसंग उपयोग गरिन्छ, ताकि तपाईंको छालामा उपकरण गुड्न सहज हुन्छ। त्यसप्रकारले एउटा मोइश्चराइजको साथले तपाईंको अनुहार अझ बढि चम्किलो तथा निखारिन्छ।
-रोलरको उपयोग अनुहारबाट तरल पदार्थ निकाल्नका लागि गरिन्छ, जुन तपाईंको अनुहारमा अस्थायी रुपले कतै जमेर बसेको हुन्छ। त्यसका लागि रोलरको प्रयोग कानको ठिक मुन्तिर पनि गर्नु पर्छ। यो प्रकृयाले तपाईंको च्यापूले समेत स्वस्थ हुने मौका पाउँछ।
-एउटा रोलरको प्रयोगले शरीरबाट विषाक्त पदार्थहरु बाहिर निकाल्न सकिन्छ। यो गतिविधिले अनुहारको विषाक्त पदार्थको निकासीलाई उत्तेजित बनाउँछ। यसप्रकारले तपाईंको अनुहार सफा गर्न समेत यो सहयोगी हुन सक्छ।
अनुहारमा रोलर प्रयोग गर्ने तरिका:=
-अनुहारमा तेल अथवा मोइश्चराइजर लगाएपछि मात्र रोलरले अनुहारलाई मसाज गर्नु पर्छ।
-रोलरलाई गर्दनबाट थालेर माथिल्लो भागतिर रोल गर्नु पर्छ।
-हल्का दबाएर दुबैतर्फको च्यापूदेखि कानसम्म रोल गर्ने।
-अनुहारको हरेक हड्डीमा रोलरको उपयोग गर्ने।
-त्यसैगरी आफ्नो निधारमा पनि रोलरले मसाज गर्ने।
-मसाज गरेपछि अनुहारलाई केही समयका लागि त्यसै छाडिदिने।
अनुहारमा कति पटक गर्ने रोलरको उपयोग:-
फेस रोलरले तपाईंले हरेक दिन आफ्नो अनुहारमा मसाज गर्नु पर्छ। तपाईंले बिहान अथवा राती सुत्नुभन्दा अघि आफ्नो अनुहारलाई मालिश गर्न सक्नु हुनेछ। फेस रोलरले अनुहारलाई मसाज गर्नका लागि तपाईंलाई केही मिनेट मात्र लाग्नेछ। सन् २०१८ मा गरिएको एउटा अध्ययनबाट के पत्ता लागेको छ भने केवल ५ मिनेटका लागि अनुहारमा मालिश गर्ने रोलको उपयोग गर्नाले गालामा रक्त प्रवाह पनि बढ्न सक्छ।