सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्रेकफास्टमा बासी भात खानुका फाइदै फाइदा

२०७६ फाल्गुन १, ०६:२४ खबर संवाददाता

सोचेको तथा अड्कलेको जति ठिक्क त कहाँ हुन्छ र, कहिलेकाहीँ त पकाएको भात बाँकी रहन्छ नै। एउटा निश्चित समयका लागि खान भनेर पकाएको खाना बाँकी रह्यो भने त्यसलाई ‘बासी भात’ भन्ने चलन नेपालमा छ। पूरानो संस्कार मन्ने ब्राह्मणहरु कतिपयले अझै पनि बासी भात खाँदैनन्। शिक्षित वर्ग तथा युवाहरुले पनि स्वास्थ्यको दृष्टिकोणले यसलाई महत्व दिँदैनन्। त्यसैले बासी रहने भात प्रायस् खेर जाने गरेको पाइन्छ।

बासी खानाले फाइदा गर्दैन भन्ने कुरा त धेरैलाई थाहा छ। तर, के तपाईं(हामीले जानेको यो तथ्य अर्धसत्यमात्रै हो भन्ने कुरामा तपाईं जानकार हुनुहुन्छ ? त्यसो भए जानिराख्नुस्, बासी भात पनि कतिपय अवस्थामा तपाईंको स्वास्थ्यका लागि निकै फाइदाजनक हुनसक्छ। अब पकाएको खाना बच्यो भने त्यसलाई नफाल्नुस्, त्यसलाई सामान्य सावधानी अपनाएर सुरक्षित राख्नुस् । यदि बेलुकाको खाना बच्यो भने त्यसलाई माटोको भाँडोमा हल्का भिजाएर राख्नुस्। रातभरी यसरी राखेको खान बिहानसम्ममा पुनस् ताजा र खानका लागि योग्य रहनेछ। चाहनुभयो भने बिहान यसलाई काँचो प्याजसँग ब्रेकफास्टकोरुपमा पनि खान सक्नुहुन्छ।

ख्याल राख्नुहोला, यसरी राख्ने भाँडो भने माटोकै हुनु अनिवार्य छ। यसरी राखेको बासी खाना खानाले विभिन्न फाइदा हुन्छ। ति मध्ये केही तल उल्लेख गरिएको छ।

१. माथि उल्लेख गरिएको तरिका अपनाएर राखेको खाना दैनिक खानुभयो भने तपाईंको तापक्रमलाई यसले नियन्त्रणमा राख्नेछ।

२. यसमा भरपूर मात्रामा फाइबर हुन्छ, जसले कब्जियतको समस्यामा फाइदा र्पुयाउँछ।

३. यसले तपाईंलाई फ्रेस बनाउन पनि सहयोग गर्छ। तपाईंको शरीरमा दिनभर ताजकी कायम रहन्छ।

४. यदि तपाईंलाई अल्सरको समस्या छ भने हप्तामा तीन पटक माथि भनेजस्तै गरी राखिएको बासी भात खानुस्, यसले अल्सरको घाउ निको बनाउन निकै ठूलो सहयोग गर्छ।

५. यदि बिहान–बिहान यसप्रकारको बासी खाना खाने बानी लगाउनु भयो भने तपाईंले चिया–कफीको लतसमेत हटाउन सक्नुहुन्छ। जुन तपाईंको स्वास्थ्यका लागि फाइदाजनक पनि छ।

एक अध्ययनकाअनुसार बासी भातमा माइक्रो–न्यूट्रियन्स तथा अन्य कैयन मिनरल्स हुन्छन्। त्यसकारण पनि बासी भात तपाईंको स्वास्थ्यका लागि फाइदा जनक छ। यद्यपि, यसलाई राख्ने तरिका भने सुरक्षित हुनु अनिवार्य छ।

कमेन्ट लोड गर्नुस