सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्ता छन् जुका-चुर्नाको उपचार गर्ने ५ घरेलू उपाय

२०७६ फाल्गुन १, ११:४८ खबर संवाददाता

कतिपय मानिसलाई थाहा नहुन सक्छ, हाम्रो शरीरभित्र पनि विभिन्न प्रकारका परजीविहरु छन्। हामीले खाएको पोषणलाई सोसेर परजीविहरु शरीरभित्र जीवित रहने गर्दछन्। यस्ता परजीवि मानव शरीरका लागि हानिकारक हुन्छन्। जसका लागी शरीरभित्रै डेरा जमाएर बसेका यस्ता परजीवि मार्न औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। तर औषधिको अलावा केहि प्राकृतिक खानेकुरा तथा वनस्पती नै शरीरभित्रका परजीवि मार्न उपायोगी मानिन्छन्।

१. बेसार

बहु औषधिय गुणयुक्त बेसारले शरीरभित्र रहेका परजीवि विशेषतः जुकाहरु मारेर शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ।

२. ल्वाङ

ल्वाङमा क्यारीफ्लेन (Caryophyllene) नामक तत्व पाइन्छ। जसले रगतमा यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरु, तिनका अण्डा र लार्भालाई मारिदिन्छ।

३. लसुन

लसुन प्राकृतिक रुपमा पाइने प्रभावशाली एन्टिबायोटिक्स हो। जसले २० किसिमका व्याक्टेरियाहरु, ६० किसिमका ढुसी र केही खतरनाक भाइरसहरुलाई समेत मारिदिन्छ।

४. फर्सीको बियाँ

फर्सीको बियाँमा क्युकुरविटासिन (Cucurbitacin) नामक तत्व पाइन्छ। यसले शरीरमा भएका परजीवि र तिनका लार्भाहरुलाई पक्षघात गराएर निष्क्रिय पार्ने काम गर्दछ।

५. मेवाका दाना

मेवाका दानालाई पिसेर सेवन गरेमा शरीरभित्र रहेका परजीवि विशेषतः चुर्नाहरु सहित अन्य परजीवि जुकाहरुलाई मारिदिन्छ।
 

कमेन्ट लोड गर्नुस