सुदूर नेपाललाई विश्वसँग जोड्दै

भियाग्राले अन्धोपना निम्त्याउन सक्ने : अनुसन्धान

२०७६ फाल्गुन २, ०९:२७ खबर संवाददाता

खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग डाक्टरको सल्लाहविनै गर्ने गरेका छन्। यसो गर्नु स्वास्थ्यका लागि खतरा हुने विज्ञहरुको भनाइ छ। भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन्। त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ। यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ। अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ। 

यसैगरी, भियाग्राले अन्धोपना गराउने एक अनुसन्धानले देखाएको छ। अनुसन्धानका अनुसार भियाग्राको प्रयोग सुरुमा हल्का डोजको गरिएपनि आवश्यकता अनुसार यसको मात्रा विस्तारै बढ्दै जाने भएकाले विस्तारै व्यक्तिको आखाँमा समस्या आउने गर्छ। फ्रन्टियर इन न्यूरोलोजीमा प्रकाशित रिपोर्टका अनुसार भियाग्राको कारणले आखाँमा समस्या आउने, रङहरु छुट्याउन नसक्ने र कुनै कुनै पुरुषहरुमा अन्धोपनासमेत गराउने गर्छ।

टर्की्स्थित अडाना हस्पिटलका डाक्टर कुनेयत कारास्लानले बिशेषज्ञको सल्लाहविना ‘सेक्स एन्ग्जाइजी’ र ‘इरेक्टाइल डिसफन्क्शन’ को समाधानको लागि भियाग्रा प्रयोग गर्छन् ति मानिसहरुमा यस्तो समस्या देखापर्ने बताएका छन्। भियाग्राले डाइलेक्ट रक्तनलीहरुका मामंपेशीहरु बलियो बनाउने काम गर्छ भने यो औषधिको असर शरीरमा ३ देखि ५ घण्टासम्म रहन्छ।

डाक्टर कुनेयत कारास्लानले १७ जनामा यस्तो असर देखेको बताए। ती सबै पुरुषहरु दृष्टिदोषको सिकार भएको पाइएको थियो। ति व्यक्तिहरुमा धमिलो देख्ने, आँखा रातो हुने जस्ता समस्या देखिएको थियो। तिनीहरुले १०० एमजीभन्दा बढीको डोज सेवन गर्ने गरेका थिए। डाक्टर कुनेयतले १०० एमजीभन्दा बढीको भियाग्रा सेवन गर्दा आखाँमा समस्या आउने साथै टाउको दुख्ने समस्या पनि पैदा हुने बताएका छन्।

भियाग्रा सन् १९९८ मा पहिलोपटक बजारमा उपलब्ध भएको थियो। यो बजारमा आएसँगै यसको माग तीव्र गतिमा भयो। उक्त समय भियाग्रा इतिहासमा सबैभन्दा बढी बिक्री हुने औषधिको रुपमा चिनिएको थियो।
 

कमेन्ट लोड गर्नुस