सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निःशुल्क मधुमेह परीक्षणः एक महिनामा ३६ जना बिरामी भेटिए

२०७६ फाल्गुन ३, ०७:४९ खबर संवाददाता

धनगढी: धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले आयोजना गरेको निःशुल्क मधुमेह परीक्षण र घरदैलो अभियान अन्र्तगत एक महिनाको अवधिमा ३६ जना मधुमेहका बिरामीहरु फेला परेका छन्।

एक महिनामा धनगढी उप महानगरपालिका वडा नम्बर ५ र ६ का विभिन्न ४ स्थानमा गरिएको निःशुल्क मधुमेह परीक्षण र घरदैलो अभियानमा  महिला र पुरुष गरी जम्मा ३ सय ३२ जनाको चेकजाँच गरिएको छ।   चेकजाँच गर्ने क्रममा ३६ जना मधुमेहका रोगीहरु देखा परेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिनबहादुर धामीले बताए। 

एक महिना अगाडी हरेक हप्ताको शनिबार धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान सुरु गरेको हो।

कमेन्ट लोड गर्नुस