सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा अज्ञात समूहद्धारा डोजरमा आगजनी

२०७६ फाल्गुन ८, १०:०७ खबर संवाददाता

डोटीको सायल र आदर्श गाउँपालिकामा डोजरमा अज्ञात समूहले आगजनी गरिएको छ। सायल गाउँपालिका वडा नम्बर १ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नम्बर ३ काँडीस्याउलेमा रहेको आन्टीनेन्टल टे«डिङ ईन्टरप्राईजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले बताए।

गाउँपालिकामा काटिएको शाखाबाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको डोजरमा मध्यराती आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। गाउँपालिका तथा प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

एकै समयमा दुई वटा ठाउँमा आगजती हुनुले प्रतिबन्धीत बिप्लब नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने अनुमान गरिएको छ। प्रतिबन्धीत नेकपाका डोटी ईञ्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन। हामी प्रति आशंका गर्ने गरी अरु कसैले गरेको षड्यन्त्र गरेको हुन सक्ने आरोप उनको छ।
 

कमेन्ट लोड गर्नुस