सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा २ शिक्षकद्वारा सुस्तमनस्थिति भएकी किशोरी बलात्कृत, ७ महिनापछि जाहेरी

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन १४, ०३:३०

बझाङ: बझाङमा दुई शिक्षकले एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको दुर्गाथलीमा बस्ने ती किशोरीले दुवै शिक्षकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। 

आफुलाई ७ महिना अघि पटकपटक बलात्कार गरिएको र ती बाटै अहिले आफ्नो ७ महिनाको गर्भ रहेको भन्दै उनले दुर्गाथलीमै रहेको विद्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र वसन्त ओलीविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी हुन। 

‘प्रारम्भिक अनुसन्धानबाट ती किशोरी सुस्तमनस्थिति भएको भन्ने खुलेको र ती ७ महिनादेखि गर्भवती छिन् भन्ने खुलेको छ, यद्यपी उनको मेडिकल रिपोर्ट आइसकेको छैन’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले भने ‘किशोरीलाई सुस्तमनस्थिति भनिएको भएपनि उनी आफैले प्रहरीमा जाहेरी दिएकी छिन, हामी घटनाको अनुसन्धान गर्दैछौ।’

आरोपित दुवै शिक्षक अहिले फरार रहेकाले तिनको खोजी कार्य भइरहेको उनले बताए। अहिले पिडित किशोरीे सदरमुकाम चैनपुरमा रहेको सुरक्षित आवास गृहमा रहेकी छन्। 
 

कमेन्ट लोड गर्नुस