सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्सौल नाकाबाट एक भारतीय बेपत्ता

२०८१ वैशाख १९, ०७:०२ खबर संवाददाता

धनगढीः नेपाल–भारत सीमा नाका रक्सौलबाट एक भारतीय नागरिक बेपत्ता भएका छन्। भारतको नक्सलबाडी बंगालका ४० वर्षीय तिलकधारी गुप्ता रक्सौल नाकाबाट नेपाल प्रवेश गरेर बेपत्ता भएका हुन्।

उनी बैशाख ५ गते घरबाट निस्किएका थिए। घरपरिवारमा कुनै जानकारी नदिएर उनी फरार भएका हुन। उनका बुसवा बबलुकुमार गुप्ताका अनुसार पूर्व रक्सौल नेपालको दूध गेटमा उनी देखिएका थिए। तर, नेपाल प्रवेश गरेपछि गुप्ता सम्पर्क विहीन भएका छन्। मानसिक रूपमा ठिक नरहेका गुप्तालाई सम्पर्कमा ल्याउनेलाई ५० हजार नेपाली रुपैयाँ पुरस्कार दिने बबलूले बताएका छन्।

तिलकधारी गुप्तालाई फेला पार्नेले ९८१७०९६६१२ र ००९१–७००१२५२४५८ मा सम्पर्क गर्न परिवारका सदस्यले आग्रह गरेका छन्।

 

कमेन्ट लोड गर्नुस