प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो
मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ। उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा. प्रेमकृष्ण खड्गाका अनु्सार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन्। मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उनलाई ठोस आहार दिन थालिएको छ। रासस