सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलामाथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ

२०७६ फाल्गुन २७, ०५:५७ खबर संवाददाता

महिलामाथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ परेका छन्।

काठमाडौंको स्विचाटारमा एक महिलामाथि खुकुरी प्रहार गर्ने धनकुटा त्वाल्छा छिन्ताङ सहिद थुम घर भई काठमाडौं स्विचाटार बस्दै आएकी २१ वर्षीय लक्ष्मी थापा मगर र ५७ वर्षीय हेमबहादुर थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुले सोमबार (हिजो) आपसी आपसी विवादमा एक महिलामाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए। महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले नागार्जुन नगरपालिका–९ बाट उनीहरुलाई पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस