सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रमुख पार्टीका शीर्ष नेता ‘सेल्फ आइसोलेसन’ मा

। फोटो स्रोत ।
२०७६ चैत्र ९, ०६:३५ खबर संवाददाता

(कोभिड–१९) संक्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्व निर्धारित कार्यक्रम स्थगित गरेका छन्। राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका छन्। प्रमुख पार्टीका प्रायः सबै नेता घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्न थालेका छन्।

मिर्गौला प्रत्यारोपण गरेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन्। नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिनदेखि घरबाट निस्किएका छैनन्। उनी पनि ‘सेल्फ आइसोलेसन’ मा छन्। प्रचण्डले सबै भेटघाटका कार्यक्रम स्थगित गरेका उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए।

त्यसैगरी राजनीतिक भेटघाट बन्द गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिनदेखि घरमै बसिरहेका छन्। उनले कुनै जरुरी र आवश्यक काम छ भने मात्रै भेटघाट गर्छन, नत्र भेटघाट बन्द गरेका छन्। त्यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, राजपा अध्यक्ष मण्डका सदस्य महेन्द्रराय यादव लगायतका नेता पनि घरमै ‘सेल्फ आइसोलेसन’ मा छन्। गोरखापत्र दैनिक।

कमेन्ट लोड गर्नुस