नेपालमा कोरोनाका छैठौं संक्रमित भेटिए
नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनी चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्ति हुन्।
संक्रमण देखिएको व्यक्ति उपत्यका बाहिरको रहेको पनि उनले जानकारी दिए। यसअघि सोही जहाजबाट आएकी एक युवतीलाई कोरोना संक्रमण देखिएको थियो। उनी अहिले उपचाररत छिन्।
उनका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ। ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको छ।