सुदूर नेपाललाई विश्वसँग जोड्दै

छैटौं कोरोना संक्रमित बागलुङकी वृद्धा

२०७६ चैत्र २०, ०५:१८ खबर संवाददाता

नेपालको भेटिएकी छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ।

बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षीया वृद्धा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। 

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन्। बाग्लुङस्थित घरमै क्वारेन्टाइनमा रहेकी उनलाई ज्वरो आएपछि कोरोना आशंका गरिएको थियो।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणले उनमा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो। यसअघि संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस