कोरोना संक्रमित आठै जनाको स्वास्थ्य अवस्था सामान्य
२०७६ चैत्र २५, ०५:११
नेपालका कोरोना संक्रमित आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना संक्रमित ८ जनाको अवस्थामा सामान्य रहेको जानकारी दिए।
साथै उनले मंगलबार नयाँ कोरोना संक्रमित नदेखिएको बताए। उनले अहिलेसम्म टेकु प्रयोगशालामा १७९६ जनाको परिक्षण भएको जानकारी दिए।
कमेन्ट लोड गर्नुस