बेलायतमा एकैदिन ८ सय ५४ को मृत्यु
बेलायतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) को कारण आठ सय ५४ जनाको मृत्यु भएको छ। डेलिमेलले उल्लेख गरेअनुसार पछिल्लो २४ घण्टामा भाइरसको कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु भएको हो।
यससँगै बेलायतमा मृत्यु हुनेको संख्या छ हजार दुई सय २७ पुगेको छ। इंगल्याण्डको नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार, पछिल्लो २४ घण्टामा ७ सय ५८ जनाको मृत्यु भएको छ। त्यस्तै स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका स्वास्थ्य निकायले पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेका छन्।
बेलायतमा सोमबार बेलायतमा २४ घण्टामा केवल चार सय ३७ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो। तर, मंगलबार दैनिक मृतकको संख्यामा उल्लेख्य वृद्धि भएको हो।