नेशनल प्याथ ल्याबद्वारा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पीसीआर मेसिन सहयोग
नेशनल प्याथ ल्याबले प्रदेश नम्बर ५ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पीसीआर मेसिन सहयोग गरेको छ। विगतमा प्रयोगशालामा प्रत्येक दिन १० जनाको मात्रै कोरोना परीक्षण हुँदै आएकोमा पीसीआर मेसिनले अब दैनिक २५० जनाको परीक्षण गर्न सकिनेछ।
शुक्रबार उच्च क्षमताको रियल टाइम पीसीआर मेसिन नेशनल प्याथ ल्याबका अध्यक्ष रुद्रबहादुर कार्कीले प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बराललाई हस्तान्तरण गरेका हुन।
विभिन्न देशबाट आएका तथा ज्वरोबाट ग्रसित प्रत्येक नेपालीको परीक्षणमा सहजता होस भनेर नेशनल प्याथ ल्याबसंग रहेको पीसीआर सहयोग गरिएको अध्यक्ष कार्कीले बताए। कोरोना रोकथामका लागि छोटो समयमा धेरैभन्दा धेरै परिक्षण होस् भन्ने उदेश्यका साथ मेसिन सहयोग गरिएको संस्थाका प्रबन्ध निर्देशक पवन जोशीले बताए।