प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई अस्पताल भर्ना
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना भएका छन्।
गएराति मुटुमा अचानक समस्या देखिएपछि उनलाई आज सो अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार सल्लाहकार डा.भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ। रासस