र्यापिड टेस्ट गर्दा इटलीबाट आएकी महिलामा देखियो कोरोना
२०७७ वैशाख ४, ११:४४
र्यापिड टेस्ट गर्दा इटलीबाट आएकी एक महिलामा कोरोना पोजेटिभ देखिएको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ मा बुधबार र्यापिड टेस्टका क्रममा ३१ वर्षीया महिलामा कोरोना पोजेटिभ पाइएको हो।
कोरोना पोजेटिभ पाइएपछि पीसीआरका लागि टेकु अस्पताल पठाइएको बताइएको छ। इटलीबाट आएकी ती महिला २२ दिन घरमै क्वारेनटाइनमा बसेकी थिइन्। थप रिपोर्ट आएपछि नगरपालिकाले औपचारिक रूपमा जानकारी दिने जनाएको छ।
कमेन्ट लोड गर्नुस