सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पतालमा भेन्टिलेटर खरिद प्रकरण : कागजपत्र अख्तियारको नियन्त्रणमा

२०७७ वैशाख ५, ०७:४० खबर संवाददाता

धनगढी : महाकाली अस्पतालको भेन्टिलेटर खरिदमा अनियमितताको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छानविन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले खरिद सम्बन्धिका कागजात नियन्त्रणमा लिएको बताए। बिहिवार महाकाली अस्पतालमा अख्तियारले छापा हान्दै कागजपत्र नियन्त्रणमा लिएको उनले बताए।

महाकाली अस्पतालले चैत्र १६ गते सूचना जारी गर्दै भेन्टिलेटर सहित पाँच उपकरण आपूर्तिका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको थियो। चैत २७ गते आरजी सप्लायर्स प्रालिले ५३ लाखमा एक थान भेन्टिलेटर, मनिटर लगायतका उपकरण आपूर्तिका लागि ठेक्का पाएको थियो।

सोही कम्पनीले चैत अन्तिम साता अस्पतालमा भेन्टिलेटर पठाएको थियो। पूरानो तथा प्रयोग गरिएको भेन्टिलेटर पठाएको खुलेपछि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत नेतृत्वको प्रावधिक टोलीले अध्ययन गरेको थियो।
 

कमेन्ट लोड गर्नुस