सुदूर नेपाललाई विश्वसँग जोड्दै

फ्रान्सबाट फर्किएकी दोस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

२०७७ वैशाख ६, ०१:४७ खबर संवाददाता

फ्रान्सबाट फर्किएकी नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन्। चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्। 

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन्। काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्।

नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन्।
 

कमेन्ट लोड गर्नुस