सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्रालयले भन्यो- टेकु अस्पतालका डाक्टर पुनलाई स्पष्टीकरण सोधिएको छैन

२०७७ वैशाख ७, ०६:२३ खबर संवाददाता

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबार मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफ्रिङमा बोल्दै मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड–१९ विरुद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाएको बताएका छन्।

उनले भने, “डा. पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड–१९ विरुद्धको अभियानमा सहयोग गर्न पत्रसहित बोलाएको हो। मिडियाले सत्यतथ्य नबुझी बढाइचढाइ लेखेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

कमेन्ट लोड गर्नुस