सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर १ लाख ६३ हजारभन्दा बढीको मृत्यु

२०७७ वैशाख ७, १०:१९ खबर संवाददाता

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट  विश्वका विभिन्न देशमा गरी  १ लााख ६३ हजार ६३६ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि २३ लाख ७२ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

सङ्क्रमित व्यक्तिहरुमा ६ लाख ७ हजार  ८ सय जना उपचारपछि घर फर्किएका छन्। १५ लाख ९३ हजार  ६४४ व्यक्ति हाल उपचारारत छन् भने ५४ हजार ५२७ को अवस्था गम्भीर छ। हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित अमेकिामा ३९ हजार १०३ जनाको मृत्यु भइसकेको भने ७ लाख ४१ हजार भन्दा बढी सङक्रमित छन्।

दोस्रो प्रभावित राष्ट्र इटलीमा हालसम्म २३ हजार २२७  जनाको मृत्यु भएको छ भने १ लाख ७५ हजार ९२५ जना संक्रमित रहेका छन्। स्पेनमा २० हजार ४५३ जनाको मृत्यु भएको छ भने करिब १ लाख ९६ हजार सङक्रमित रहेका छन्। कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ४ हजार ६२३ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८२ हजार ७३५ जनामध्ये  ७७ हजार ६२ व्यक्ति निको भएर घर फर्किएका छन्।

जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण ४ हजार ५४७ जना, फ्रान्समा १९ हजार ३२३ जना, बेलायतमा १६ हजार ६० जना नेदरल्यान्ड्समा ३ हजार ६८४ जना र बेल्जियममा ५ हजार ६८३ जनाको मृत्यु भइसकेको छ। इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ५ हजार ११८ जनाको मृत्यु  भएको छ। 
 

कमेन्ट लोड गर्नुस