सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा एकैदिन ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

२०७७ वैशाख ९, ०७:१६ खबर संवाददाता

उदयपुरमा एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोशी अस्पतालमा ‘पोजेटिभ’ देखिएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा मंगलवार ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयमा सचिव यादव कोइरालाले दिए। 

मन्त्रालयलयका अनुसार धरानमा ८ जना र काठमाडौंमा ३ जनामा कोरोना पुष्टि भएको हो। 

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमितको संख्या ४२ पुगेको छ भने ५ जना उपचारपछि निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस