सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खोलानाला, प्राकृतिक कुलो र तालको अतिक्रमण हटाउन माग

२०७७ साउन २८, ११:५४ जनक विष्ट

धनगढीः धनगढीमा डुबानको समस्या बढ्दै गएपछि जनस्तरबाट सार्वजनिक जग्गाको अतिक्रमण हटाउन माग गरिएको छ।

प्रदेशको प्रमुख व्यापारिक केन्द्रमा शहरीकरण बृद्धि हुदै गएका बेला डुबानको समस्या चुनौतीपूर्ण बन्दै गएको भन्दै अतिक्रमण हटाउन माग गरिएको धनगढीमा डुबानको समस्या निराकरण गर्न सम्बन्धीत निकायले उचित निकास खोज्नुपर्ने माग उठेको हो।

नगर क्षेत्रमा सार्वजनिक जग्गा, खोलानाला, अतिक्रमण गरी भौतिक संरचना विस्तार गर्दै बस्ती बस्न थालेपछि वर्षामा डुबानको समस्या बढेकाले स्थानीय सरकार लगायतका निकायले त्यसरी भएको अतिक्रमणलाई हटाएर समाधान खोज्नुपर्ने मिलचोकका स्थानीय चित्रमणी ढुङ्गेलले माग गरे।

उनले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका संरचना भत्काएर प्राकृतिक खोलानाला, कुलो एव्म ताललाई पुर्नजिवित बनाउनुपर्ने माग गरे। धनगढीमा राजनीतिक पहुँच राख्ने व्यक्तिहरुले नै शक्तिको आडमा सार्वजनिक जग्गा, खोलानाला तालतलैया, एव्म कुलो अतिक्रमण गरी नीजि भौतिक संरचना बनाएकै कारण आम नगरबासीले सास्ती खेप्नुपरेको गुनासो गरिएको छ।

व्यक्तिगत लाभ लिदै धनगढी उपमहानगरपालिका लगायतका निकायकै संरक्षणमा सार्वजनिक जग्गा अतिक्रमण हुन थालेको आरोप पनि लाग्ने गरेको छ। उपमहानगर क्षेत्रमा रहेका प्राकृतिक कुलोमा उपमहानगरपालिकाकै बजेटमा सडक निर्माण समेत हुन थालेका छन्।

तालतलैया, कुला, नालामा अतिक्रमण गरी संरचना बनाउने क्रम तिव्र भएपनि रोक्न सम्बन्धीत निकायले कुनै पहल नगर्दा वर्षातका बेला डुबानको समस्या हुन थालेको धनगढीकै अर्का स्थानीय घनश्याम भण्डारी बताउँछन्।

उनले गत विगतमा वर्षातमा जम्ने पानीको निकास एकदुई घण्टामै हुने भएपनि अहिले खोलानाला अतिक्रमण गरी भौतिक संचरना बनेपछि वहाव रोकिदा डुबानको समस्या विकराल बनेको बताए।

प्राकृतिक खोला तथा कुलोमाथि अतिक्रमण गरिएपछि पानीको बहाव रोकिदा वर्षातमा निकास हुने ठाउँ नपाउँदा अहिले नगर क्षेत्रमा डुबान हुन थालेको हो। तर विभिन्न वाहानामा भएको अतिक्रमण हटाउन सम्बन्धीत निकायले ठोस कदाम चाल्न नसकेपछि त्यसको मार आम नगरबासीले खेप्नुपरेको छ।

स्थानीय जनप्रतिनिधिहरुले समेत अतिक्रमण हटाउन पहल नगरेकाले समस्या बल्झीदै गएको बताउँदै धनगढीका व्यवसायी सुरेन्द्र राठीले बताए। उनले उपमहानगरपालिका र जनप्रतिनिधिले गम्भीर भएर डुबानको समस्या सामाधान गर्न अतिक्रमण गरी बनेका संचरचना हटाउनुपर्ने माग गरे।

तर खोलानालाको अतिक्रमण हटाउ अभियान नै सञ्चालन गरेको धनगढी उपमहानगरपालिका अहिले पछि हटेको छ। सुकुटी नालामा भएको अतिक्रमणको प्रतिवेदन नै तयार गरेपनि अतिक्रमण हटाउने साहस गर्न सकेको छैन्।

धनगढीमा तिव्र शहरीकरण भईरहेका बेला सार्वजनिक जग्गा, खोलानाला, प्राकृतिक कुलो तथा तालहरुलाई पुर्नःजिवित गर्न नसकेमा भविष्यमा डुबानको समस्या विकराल बन्ने भन्दै समयमै सम्बन्धीत निकायले आवश्यक कदम चाल्नुपर्ने सुझाव दिईएको छ।

नगर क्षेत्रमा राजनीतिक एवंम् आर्थिक पहुँच भएका व्यक्तिहरुले सार्वजनिक जग्गाको अतिक्रमण गरेपछि वर्षातमा पानीको निकास नहुँदा डुबानको समस्या देखिएको र भविष्यमा थप जटिल हुने भएकाले समयमै सामाधानको उपाय खोज्न आग्रह गरिएको छ।    
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस