सुदूरपश्चिम आउदै गृहमन्त्री थापा
२०७७ भदौ २, ११:०३
धनगढी : गृहमन्त्री रामबहादुर थापा बादल सुदूरपश्चिम आउदैछन्। सेनाको हेलिकोप्टर मार्फत उनी मंगलबार बाजुरा आउने भएका हुन्।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार पहिरो प्रभावित क्षेत्रको अनुगमन, अवलोकन तथा राहत वितरणका लागि उनी आउन लागेका हुन्। मार्तडी, गौमुल गाउँपालिकाको सिम, बुढीगंगा नगरपालिकाको ताप्रीसेरा, बडिमालिकाको घागर र बुढीनन्दाको तिलिचौरको पहिरो प्रभावित क्षेत्रमा उनी पुग्नेछन्।
पहिरो पीडितहरुसंग भेटघाट तथा राहत वितरण समेत गरिनेछ।
कमेन्ट लोड गर्नुस